तपाईँ सुन्दै हुनुहुन्छः

कास्की फुटबल संघ आदर्श कपको फाइनलमा प्रवेश

पोखरा । लेखनाथमा जारी आदर्श कप फुटबल प्रतियोगितामा कास्की फुटबल सङ आयोजक आदर्श युवा क्लबलाई ४–३ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसकेपछी अतिरिक्त ३० मिनेट थपिएको थियो ।

सो अतिरिक्त समयमा समेत दुवै पक्षबाट गोल नभएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा कास्कीले आयोजक क्लबलाई ४–३ ले पराजित गरेको हो । कास्कीलाई जिताउन हेमन्त तामाङ, संगम ठकुरी, आशिष गुरुङ र युनिक तामाङले गोल गरे । भने कास्कीका खेलाडी सरोज तितुङको बल गोलमा परिणत हुन सकेन ।

यता आयोजक क्लबको तर्फबाट सुमित श्रेष्ठ, भीषण गुरुङ र राहुल गुरुङले गोल गरे । कास्कीविरुद्ध दिपक कार्की र दिपेश आले मगरले हानेको बल मिस भएको थियो । योसङै आयोजक क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।

कास्कीका आयुषमान गुरुङ म्यान अफ द म्याच बन्दै नगद पाँच हजार र प्रमाणपत्र हात पारे । यसैबीच भोलिको सेमिफाइनल गोर्खा फुटबल क्लब र सशस्त्र प्रहरी गण्डकी बिच हुने क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

विधागततर्फ सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजक आर्दश युवा क्लबका अध्यक्ष गुरुङले जानकारी दिए ।

‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने मुल नाराका साथ आदर्श युवा क्लबले मङ्सिर २२ देखी २९ गतेसम्म गर्न लागेको प्रतियोगिताको मुख्य प्रायोजक शौर्य सिमेन्ट रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button