तपाईँ सुन्दै हुनुहुन्छः

लैङ्गिक हिंसा स्वीकार्य नहुने : मन्त्री साह 

oplus_2

जनकपुरधाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साहले कुनै प्रकारको लैङ्गिक हिंसा सभ्य समाजका लागि स्वीकार नहुने बताउँदै कुनै पनि हिंसा राज्यको लागि सह्य नहुने बताउनु भएको छ । 

मन्त्री साहले संघीय मन्त्रालय तथा मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको संयुक्त आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको लैङ्गिक हिंसा निवारण सम्बन्धि कानूनी प्रावधान विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । 

उहाँले कानुनमा लैङ्गिक हिंसा दण्डनीय भएपनि अहिले पनि समाजमा हिंसा हुने गरेको बताउँदै हिंसामा परेकालाई राज्यले संरक्षण गर्नुका साथै हिंसा गर्ने माथि कानूनी कारबाही हुने भएकाले हरेका व्यक्ति सचेत रहन जरुरी रहेको बताउनु भयो । 

मन्त्री साहले अशिक्षा, गरिबी तथा पुरातन शोचका कारणले समाजमा हिंसा हुने गरेको बताउँदै आफूले कहिल्यै हिंसा नगर्ने र हिंसा नसहने कुरामा हरेक व्यक्तिले प्रण गर्न आवश्यक भएको बताउनु भयो । 

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले सामाजिक विकृति तथा अपराधको रुपमा रहेको लैङ्गिक हिंसा नियन्त्रणका लागि सबै निकायले मिलेर काम गर्नु पर्ने धारणा राख्नु भयो । 

उहाँले मधेश प्रदेशका जिल्लाहरूमा दाइजो, बोक्सी तथा यौनजन्य हिंसा बढी हुने गहेको बताउँदै यसमा राज्यको कडा कानून रहेको विषयमा प्रचार प्रसार गर्न आवश्यक भएको बताउनु भयो । 

संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्त्रालयका सहसचिव अभाष श्रेष्ठ कर्ण सहितले लैङ्गिक हिंसा हुनु कुनै पनि समाजका लागि दुःखद अवस्था भएकाले बताउनु भयो । 

धनुषा तथा महोत्तरी जिल्लाका विभिन्न पालिकाहरूको उपप्रमुखहरूको सहभागिता रहेको सो कार्यक्रममा उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश महेन्द्रनाथ उपाध्यायले लैङ्गिक हिंसाको नियन्त्रणका लागि भएको कानूनी प्रावधानका विषयमा जानकारी दिँदै हिंसा नियन्त्रणमा उपप्रमुखहरूको महत्वपूर्ण हुने बताउनु भयो ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button