तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय शिक्षा विधेयक २०८० माथि छलफल सुरु

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक २०८० माथिको छलफल आजदेखि सुरु भएको छ ।

विधेयक माथिको छलफलमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराइले संविधान र सङ्घीयताको मर्मअनुरूप शिक्षा विधेयक निर्माण गर्ने बताउनुभयो ।

मन्त्री भटाराइले कुनै पनि कानुनले विद्यालय, शिक्षा र शिक्षक के कस्तो हुनुपर्छ भन्ने परिभाषा नदिएकोले यी विषयलाईइ स्पष्ट र व्यवस्थित गर्ने गरी विधेयक निर्माण गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

मन्त्री भटाराइले मन्त्रालयले शिक्षक र विद्यार्थीवीचको अनुपात मिलाउन शिक्षक दरबन्दी पुनरावलोकन गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षालाई समयानुकूल र व्यवस्थित बनाउने कार्यहरू अघि बढाएको बताउनुभयो ।

छलफलमा सांसदहरुले शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि दलहरूबिच ऐक्यबद्धता हुनुपर्नेमा बताएका छन् ।

सांसदहरुले दलहरूले शिक्षाको विकासका लागि गरेको घोषणापत्र तथा बाचा पत्रका आधारमा सहमति गरिनुपर्ने र विद्यार्थी केन्द्रित विधेयक बनाई शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने बताउनुभयो ।

सांसदहरुले अहिलेको विधेयकमा राखिएको जिल्ला शिक्षा कार्यालय खारेज हुनुपर्ने, बालविकास देखि माध्यमिक तहका शिक्षक र शिक्षण सिकाई प्रणालीमा समस्या देखिएको बताउँदै कानुनी रूपका मात्रै नभई प्रणालीगत रूपमा समेत सुधार गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button