तपाईँ सुन्दै हुनुहुन्छः

‘मातृ भाषा र संस्कृतिको संरक्षणमा जातीय एकता आवश्यक’

रुपन्देही । उपसभामुख इन्दिरा रानाले मातृ भाषा र संस्कृतिको संरक्षणमा जातीय एकता आवश्यक रहेको बताउनुभएको छ । 

नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रथम मगर साहित्य महोत्सवमा मुलुकको परिवर्तनमा मगर समुदायले खेलेको भूमिकाबारे चर्चा गर्दै रानाले अब आफ्नो पहिचान खोज्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो । सबै जातजाति, धर्म–संस्कृति, परम्परा तथा राजनीतिक विचारको सम्मानले मात्र एकता र समृद्धि सम्भव हुने उहाँले बताउनुभयो । 

नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रथम मगर साहित्य महोत्सवको पहिलो दिन विविध कार्यक्रम सम्पन्न भएका छन् । महोत्सव अन्तरगत पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शन, मातृ भाषामा कविता बाचन प्रतियोगिता, पुस्तक विमोचन लगायतका कार्यक्रम सम्पन्न गरिएको महोत्सव आयोजक समितिका प्रवक्ता शङ्कर गाहाले जानकारी दिनुभयो । 

कार्यक्रममा बोल्दै नेपाल मगर महिला सङ्घकी केन्द्रीय अध्यक्ष हिरुसरा राना मगर, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, प्राज्ञ डा बूँद राना, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डे लगायतले मातृ भाषा संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button