एनपीएल: चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा चितवन राईनोजले कर्णाली याक्ससामु १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनायो ।
चितवनका रवि बोपराले अर्धशतक पूरा गरे । उनी ५९ रनमा अविजित रहे । कप्तान कुशल मल्ल २३, बिपिन रावल ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा कर्णालीका बिपिन शर्माले ३, जिशन मक्सुदले २, कप्तान सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिए ।
सुरुवाती २ खेल गुमाएको कर्णाली पहिलो जितको खोजीमा छ।








प्रतिक्रिया राख्नुहोस्