‘प्रदेश डायरी’ कार्यक्रम प्रसारण गर्ने सम्झौता

सुर्खेत । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको गतिविधि आम नागरिकलाई जानकारी गराउने उद्देश्यले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतबाट पाक्षिक रुपमा ‘प्रदेश डायरी’ कार्यक्रम प्रसारण गरिने भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुर्खेत र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालयबीच कार्यक्रम प्रसारण गर्ने सम्बन्धि आज एक सम्झौता भएको हो ।

सम्झौता पत्रमा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका कार्यालय प्रमुख ई. अनुराधा थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुर्खेतका उप सचिव उत्तम गौतमले हस्ताक्षर गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्