रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा ५३ दशमलव ५ प्रतिशत मत खस्यो

रुकुम पूर्व । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपनिर्वाचनमा ५३ दशमलव ५ प्रतिशत मत खसेको छ ।
आइतबार भएको उपनिर्वाचनमा गाउँपालिकाको १४ वटा वडाको २२ वटा मतदान केन्द्रबाट कुल मतदाताको ५३ दशमलव५ प्रतिशत मत खसेको हो । जसमा ४६ दशमलव ९५ प्रतिशत मत नखसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
११ हजार १ सय ८० जना मतदाता रहेकोमा ३ हजार ९६ महिला र २ हजार ८ सय ३५ पुरुष गरी जम्मा ५ हजार ९ सय ३१ जनाले मतदान गर्नुभएको सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्