तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरमा विवाह पञ्चमी महोत्सव सुरु, आज नगर दर्शन

धनुषा । जनकपुरमा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सव आजदेखि विधिवत् सुरु भएको छ ।

त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबिच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाह पञ्चमी महोत्सव मनाउने प्रचलन छ ।

सीताराम विवाह पञ्चमी महोत्सवको पहिलो दिन आज नगर दर्शन कार्यक्रम रहेको थियो भने दोस्रो दिन भोलि सोमबार फूलबारी लीला, तेस्रो दिन मङ्गलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव, पाँचौँ दिन मङ्सिर २० गते मटकोर र मङ्सिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।

यस्तै महोत्सवको अन्तिम दिन मङ्सिर २२ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाह पञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button