गुल्मी मुसिकोट–१ को उप–निर्वाचनमा ५७ दशमलव १ प्रतिशत मतदान
गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ को वडा अध्यक्ष पदका लागि भएको उप–निर्वाचनमा ५७ दशमलव १ प्रतिशतले मत खसेको छ । रिक्त वडा अध्यक्ष पदका लागि बिहान ७ बजेदेखि भइरहेको मतदानमा दुई हजार ३३४ जनाले मतदान गरेको जिल्ला निर्वाचनको कार्यालयका निर्वाचन अधिकृत ऋषिराम घिमिरेले बताउनुभयो ।
वडामा चार हजार ९१ जना मतदाता रहेका छन् । वडाध्यक्षका निर्वाचनका लागि तीन वटा मतदान स्थल र पाँच वटा मतदान केन्द्र तोकिएको थियो । वडाध्यक्षका लागि आठ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
पाँच जना राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार रहेका छन् । नेपाली काँग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा माओवादी केन्द्रबाट दुर्गाबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ईश्वरी खाती क्षत्री उम्मेदवार छन् ।
प्रतिक्रिया राख्नुहोस्