तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा ६५.१६ प्रतिशत मतदान 

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख र कुशे गाउँपालिका वडा नं ७ को वडा अध्यक्ष पदका लागि भएको  उपनिर्वाचनको मतदान सम्पन्न भएको छ । 

बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजे शान्तिपूर्ण  तरिकाले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नलगाड नगरपालिकामा १६ हजार ४ सय ४९ मतदाता  रहेकोमा १० हजार ६ सय २२ (६४.५७ प्रतिशत) मत खसेको छ भने कुशे गाउँपालिका वडा नं ७ मा कुल १ हजार ३ सय २ मतदाता रहेकोमा ९ सय ५६ मत (७३.४२ प्रतिशत) खसेको छ ।

२०८० कार्तिक १७ गतेको भूकम्प बाट नलगाड नगरपालिकाको उप प्रमुख सरिता सिंहको मृत्यु भएपछि  उपनिर्वाचन भएको हो । यसैगरी कुशे गाउँपालिका वडा नं ७ बाट निर्वाचित वडा अध्यक्षको पनि मृत्यु भएपछि  त्यहाँ पनि उपनिर्वाचन गरिएको हो ।

नलगाडको उप प्रमुखका लागि नेपाली काङ्ग्रेसबाट इन्द्रा चन्द सिंह,  एमालेबाट सुनिता बोहरा, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने, नेसपाबाट पवित्रा जैसी, राष्ट्रिय स्वतन्त्रबाट पार्वती पुन र राप्रपा नेपालबाट सुनिता पुन   लगायत ६ उम्मेदवार छन् । कुशे गाउँपालिका वडा नं ७ को वडा अध्यक्ष पदका लागि  ४ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button