तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम सानीभेरी-५ मा ८० प्रतिशत मत खस्यो 

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा करिब ८० प्रतिशत मत खसेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल १४ सय ३४ जना मतदाता रहेको वडामा ११ सय ४६ मत खसेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालले जानकारी दिनुभयो । ८०  प्रतिशत मतदाताले मतदान गर्नु निकै उत्साहजनक उपस्थिति रहेको मुख्य निर्वाचन अधिकृत बस्यालको भनाई छ । 

नेपाल राष्ट्रिय मावि घापाघारमा एउटा मात्र मतदान स्थल र त्यसमा दुई वटा मतदान केन्द्र कायम गरिएको थियो । मतदान सम्पन्न भएको र आवश्यक प्रक्रिया पूरा गरेर मत पेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने तयारी गरिएको छ ।  वडाध्यक्षका लागि नेपाली काँग्रेसका तर्फबाट मोतीराम खत्री र नेकपा माओवादी केन्द्रका तर्फबाट जसीराम बस्नेत चुनावी मैदानमा हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button