तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचन अपडेट : बेलकामा १६ सय ९२ र त्रियुगामा २२ सय ८९ मत खस्यो

उदयपुर I उपनिर्वाचन अन्तर्गत उदयपुरको बेलका नगरपालिका–९ मा अहिले सम्म १६ सय ९२ मत खसेको छ भने जिल्लाकै त्रियुगा नगरपालिका १२ मा २२ सय ८९ मत खसेको जिल्ला स्थित निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

बेलकामा १ हजार ५७२ पुरुष र १ हजार ५६४ महिला गरी ३ हजार १३६ जना मतदाता रहेका छन् भने त्रियुगा नगरपालिका १२ मा १ हजार ८ सय ७६ जना पुरुष र १ हजार ९७१ महिला गरी कुल ३ हजार ८४७ जना मतदाता रहेका छन् ।

पछिल्लो समय दुवै मतदान केन्द्रमा उत्साहजनक मतदान भइरहेको बेलकाका निर्वाचन अधिकृत मनोज गुप्ताले जानकारी दिनु भयो ।

उदयपुरमा शान्तिपूर्वक रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले जानकारी दिनु भयो । अहिले जिल्लाको दुवै मतदान केन्द्रको जिल्ला स्थित सुरक्षा प्रमुखहरुले स्थलगत अवलोकन गर्नु भएको छ। मतदान साँझ ५ बजे सम्म हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button