खाडल खन्नेक्रममा पुरिएर ५ जना मजदुरको मृत्यु
रोल्पा । झोलुङ्गे पुलको खाडल खन्नेक्रममा पुरिएर ५ जना मजदुरको घटनास्थलमानै मृत्यु भएको छ ।
आज बिहान करिब १० बजेको समयमा रोल्पाको सुनछहरी गाउँपालिका वडा नं ३ को मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागी खाडल खनि पर्खाल लगाउने क्रममा खसेको माटोको ढिस्कोले पुर्दा उनीहरुको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पा प्रमुख प्रहरी नायव उपरीक्षक भरत लामाले जानकारी दिनुभयो ।
एल.बि.एण्ड पल्लभी जक्सन जेभि निर्माण सेवा अन्तर्गत उक्त स्थानमा ७ जनाले काम गर्दै गरेको अवस्थामा २ जना भाग्न सफल भएका थिए निजहरूको अवस्था सामान्य रहेको र अन्य ५ जनालाई माटोको ढिस्कोले पुरिएकोमा बाहिर निकाली सकिएको छ मृतकको उद्धार स्थानीय र इलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी गाम बाट खटिएका प्रहरीले गरेका थिए ।
मृत्यु हुनेहरूमा रोल्पाको सुनछहरी गाउँपालिका वडा नं.३ बाहिरी गाम बस्ने बर्ष ४५ को दुजमन परियार ,बर्ष ३१ को ओम परियार , बर्ष ४० की सुबित्रा परियार बर्ष २७ की आईती परियार र वर्ष ६६ को देविराम परियार रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्