तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी वकिल कार्यालयमा लामिछानेसँग आज पनि बयान जारी

फाइल तस्बिर

काठमाडौँ । सहकारी ठगीको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसँग सरकारी वकिलको कार्यालय काठमाण्डौमा आज पनि बयान लिइदैछ ।

काठमाडौँ कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा लामिछानेसँग कार्यालय खुलेपछि बयान लिन सुरु गरिएको हो ।

लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याएर शुक्रबार पनि सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो ।

सभापति लामिछानेको बयान सकिएपछि उहाँलाई पुनः पोखरा नै पठाउने तयारी प्रहरीको तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button