स्वामिकार्तिक खापरमा शान्तिपूर्ण रुपमा मतदान हुँदै
बाजुरा । बाजुराको स्वमिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा बिहान ७ बजे देखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।
गाउँपालिकाका ५ ओटा वडाका ५ वटै मतदान स्थलमा निर्वाचन आयोगले तोकेकै समय आइतबार बिहान ७बजे देखिनै शान्तिपूर्ण मतदान शुरु भएको र मतदान साँझ ५ बजे सम्म चल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको ०८० माघ ४ मा मृत्यु भएपछि स्वामिकार्तिक खापर गाउँपालिकामा उपनिर्वाचनका लागि मतदान भइरहेको हो ।
गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेकपा एमाले बाट सुलोचना भण्डारी बुढा,काङ्ग्रेसकी पुल्तिसरा शाही र एकीकृत समाजवादीकि जवा शाहीको उम्मेदवारी रहेको छ।स्वामिकार्तिक खापर गाउँपालिकामा जम्मा मतदाता सङ्ख्या ७हजार ४सय ५८ रहेको छ।
प्रतिक्रिया राख्नुहोस्