तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा मतदान सुरु

जाजरकोट । नलगाड नगरपालिकाको उप प्रमुख र कुशे गाउँ पालिका वडा नं ७ को वडा अध्यक्ष पदका लागि जाजरकोटमा मतदान सुरु भएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

२०८० कार्तिक १७ गतेको भुकम्पबाट नलगाड नगरपालिकाको उप प्रमुख सरिता सिंहको मृत्यु भएपछि उपनिर्वाचन गराउन लागिएको हो ।

यसैगरी कुशे गाँउपालिका वडा नं ७ बाट निर्वाचित वडा अध्यक्षको पनि मृत्यु भएपछि त्यहाँ पनि उपनिर्वाचन गरिएको हो ।

नलगाडको उप प्रमुखका लागि नेपाली काङ्ग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने, नेसपाबाट पवित्रा जैसी, राष्ट्रिय स्वतन्त्रबाट पार्वती पुन र राप्रपा नेपालबाट सुनिता पुन लगायत ६ उम्मेदवार छन् ।कुशे गाँउपालिका वडा नं ७ को वडा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button