सबै खालका अवरोधहरू पन्छाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्छौँ : उपप्रधानमन्त्री पौडेल

भैरहवा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै खालका अवरोधहरू पन्छाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने बताउनुभएको छ ।
भैरहवाको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालको ४२औँ वार्षिक स्थापनमा दिवस तथा तथा आधुनिक शल्यक्रिया भवनको आज शिलान्यास गर्नुहुँदै उपप्रधानमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्दैन भनेर नकारात्मक कुराहरू र बिरोध नगर्न आग्रह गर्नुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धेरै राम्रो गरि चल्ने पनि बताउनुभयो ।

अर्थमन्त्री पौडेलले समग्र रुपन्देहीको बिकास आफ्नो प्रमुख उद्देश्य रहेको भन्नुहुँदै रुपन्देहीको विकासको लागि सबै जनता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालका अध्यक्ष सागर प्रताप राणाको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालले आधुनिक शल्यक्रिया भवनको आज शिलान्यास गरेको हो ।

करिब ५७ करोड लागतमा अस्पतालको यो भवन निर्माण हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्