भारतबाट पोखरामा पहिलो चार्टर्ड उडान हुँदै
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज मित्र राष्ट्र भारतबाट पहिलो चार्टर्ड उडान हुने भएको छ । भारतको दिल्लीबाट पोखराको लागि आज साँझ ६ः०० बजे जेल एयरको सानो जहाज पोखरामा आउने भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जशोदा सुवेदीले बताउनु भयो ।
केही यात्रु लिएर आउने विमान भोलि बिहान पोखराबाट बङ्गलादेशका लागि उडाने भएको उहाँले जनाउनु भयो । ३५ हजार तौल भएको पाइभेट सिङ्गल इन्जिन जेट विमान भारतबाट पोखरामा पहिलो पटक आउने भएको हो ।
पोखरा विमानस्थल सञ्चालन भएको दुई वर्षको अवधिमा हालसम्म नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई उडान हुन नसके पनि चाइना, भुटानबाट हालसम्म ९ वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको छ । आगामी डिसेम्बर २६ मा पनि चाइनाबाट चार्टर्ड उडान हुने भएको बताइन्छ । पोखरामा ड्रागन बोर्ट फेष्टिवल, क्रस कन्ट्रि पर्वतीय दौड लगायतका कार्यक्रमको लागि खेलाडी सहितका अतिथि चाइनाबाट पोखरा आउनु भएको हो ।
पोखराका पर्यटन तथा निजी क्षेत्रबाट पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान गर्न माग गर्दै आए पनि हालसम्म पोखरेलीको माग सम्बोधन हुन सकेको छैन ।
प्रतिक्रिया राख्नुहोस्