एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
काठमाडौँ । नेकपा एमालेको आज काठमाडौँमा हुन लागेको जागरण सभाको र्याली भद्रकालीबाट प्रारम्भ भई दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ ।
र्यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँ: तथ्य र सत्यलाई आत्मसात गरौँ’, ‘अराजकता सहिन्न: सहिष्णुता छोडिन्न’, ‘निराशा छोड्ने हो: आशा र समृद्धि बाँड्ने हो’, ‘प्रतिगमन र पश्चगमन मानिँदैन: प्रगतिशील र अग्रगमन छाडिँदैन’ लगायतका नारा गुञ्जिएको थियो ।
एमालेको जागरण सभा दरबारमार्गमा पुगेपछि एमाले राष्ट्रिय जन सांस्कृतिक महासङ्घले गीत गाएर सभालाई स्वागत गरेको छ । सभामा जन सांस्कृतिक महासङ्घका कलाकार भीमसेन खतिवडाले ‘देश बनाउन ढिला भो, उठौँ साथी हो, समयले कोल्टे फेर्यो जुटौँ साथी हो’ बोलको गीत गाउँदै स्वागत गर्नुभयो ।
सभामा विभिन्न स्थानबाट र्याली याली आउने क्रम जारी छ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले दिउँसो १३ः३० बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्