तपाईँ सुन्दै हुनुहुन्छः

छायानाथकी महिलाहरूको दैनिकी: डोकामा तरकारी/साग बेचेर अर्थ उपार्जन गर्ने अभियान

मुगु । छायानाथ राराका महिलाहरू आफ्नो दैनिकीमा डोकामा तरकारी र साग बोकेर गमगढी बजारमा बिक्री गर्ने काममा सक्रिय छन्।

वडा नं ३ निगालेकी पञ्चदेवी खड्का र रामकुशुम रोकाया तथा वडा नं ५ कार्कीवाडाकी कृषक विष्णुमाया रावल यस कार्यमा अग्रसर रहेका छन्। उनीहरूले मौसमी र बेमौसमी तरकारी उत्पादन गरेर लाखौँ आम्दानी गर्दै आएका छन्।

पञ्चदेवी, रामकुशुम, र विष्णुमायाले आफ्नो मेहनत र लगनशीलताबाट सागसब्जी उत्पादनलाई आयस्रोतको प्रमुख माध्यम बनाएका छन्। उनीहरू दैनिक रूपमा तरकारी र हरियो साग डोकामा बोकेर गमगढी बजारमा पुर्‍याउँछन् र ताजा तरकारीको बेच्ने गर्छन्।

मौसमी र बेमौसमी तरकारी खेतीको सफलताले गर्दा उनीहरूले वर्षभरि नै आम्दानीको स्रोतलाई कायम राख्न सकेका छन्। परम्परागत कृषि प्रणालीलाई परिमार्जन गरेर आधुनिक कृषि विधिहरूको प्रयोग गर्दै, यी महिलाहरूले तरकारी उत्पादनलाई व्यावसायिक बनाएका छन्।

गमगढी बजारमा ताजा तरकारीको राम्रो माग भएकोले, छायानाथ राराका अधिकांश महिलाहरूले तरकारी खेतीलाई आफ्नो आम्दानीको प्रमुख स्रोत बनाएका छन्। यसले गर्दा उनीहरूले परिवारको आर्थिक अवस्थालाई सुधार गर्न मात्र होइन, क्षेत्रको समग्र आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पुराएका छन्।

लाखौँ कमाउने सफलताले छायानाथ राराका महिलाहरूको आत्मविश्वास बढाएको छ र उनीहरूलाई आत्मनिर्भर बनाएको छ। पञ्चदेवी, रामकुशुम, र विष्णुमाया जस्ता महिलाहरूले आर्थिक समृद्धिको नयाँ उदाहरण स्थापित गर्दै समाजलाई सकारात्मक परिवर्तनतर्फ उन्मुख गराएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button