प्रदेश सरकारमाथि वित्तीय अनुशासनसम्बन्धी गम्भीर प्रश्न : सभामुख घर्ती
बाँके । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले प्रदेश सरकारमाथि वित्तीय अनुशासनसम्बन्धी गम्भीर प्रश्न उठिरहेको बताउनु छ ।
प्रदेशसभा सार्वजनिक लेखा समितिको सार्वजनिक लेखा व्यवस्थापन तथा बेरुजु फर्छ्यौटसम्बन्धी कार्यशालालाई नेपालगन्जमा सम्बोधन गर्दै उहाँले, ‘प्रदेशमा पारदर्शिता भएन, अनुशासित तरिकाले खर्च भएन भन्ने थुप्रै प्रश्न आइरहेका छन्। हामीले महालेखा परीक्षकको प्रतिवेदनलाई संसद्मा पनि छलफल गरेका छौँ।’
सरकारलाई वित्तीय अनुशासनमा राख्न धेरै जटिलता रहेको सभामुख घर्तीले बताउनु भयो । उहाँले‘अनुशासन उल्लङ्घन गर्ने भनेको अर्थमा हो, सबैभन्दा धेरै अनुशासन उल्लङ्घन अर्थमा हुन्छ ।’, सार्वजनिक लेखा समितिले सरकारलाई वित्तीय अनुशासनको बाटोमा हिँडाउन निर्देशन दिन समितिका सदस्यहरू आफैँमा पनि सक्षम हुनुपर्यो र समितिका सदस्यले प्राविधिक ज्ञान हासिल गर्नुपर्ने घर्तिको भनाई थियो ।
समितिका सभापति माया पुनले लुम्बिनी प्रदेशलाई बेरुजुबाट मुक्त गराउन आफु लागि परेको बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्