तपाईँ सुन्दै हुनुहुन्छः

निजगढमा अन्तरजिल्ला सुरक्षा संयन्त्रको  बैठक सम्पन्न

बारा । बाराको निजगढमा आइतबार अन्तरजिल्ला सुरक्षा संयन्त्रको  बैठक सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा पर्सा, रौतहट र मकवानपुर जिल्लाका सुरक्षा प्रमुखहरूको सहभागिता रहेको थियो ।

शान्ति सुरक्षाको प्रभावकारी कार्यान्वयनमा आपसी सहकार्य गर्ने र गढीमाई मेलाको शान्ति सुरक्षाबारे छलफल भएको बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो ।

अन्तर जिल्ला सुरक्षा संयन्त्रको बैठकमा सीमा क्षेत्रमा हुने अपराधलाई रोक्न, मेला अवधिमा सुरक्षाकर्मीहरूलाई हाई एलौटमा राख्नेका लागि बैठकमा समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिनुभयो । 

मेलामा हुन सक्ने सुरक्षाको चुनौतीलाई आकलन गरि त्यसलाई सामना गर्नका लागि पनि व्यापक रुपमा प्रहरी परिचालन गर्ने बैठकले निर्णय गरेको हो उहाँले भन्नुभयो । बिपतलाई न्यूनीकरण गर्नका लागि सुरक्षाकर्मीलाई स्टेनवाई राख्ने गरि परिचालन गर्ने भएको छ । 

मेलामा हुने सक्ने चोरी तथा पाकेटमारलाई समेत उच्च निगरानीका साथ हेर्नका लागि पनि प्रहरीलाई हाई अलर्टमा राख्ने प्रमुख जिल्ला अधिकारी अधिकारीले भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button