‘उन्नतशील समाज निर्माणका लागि शिक्षा क्षेत्रको विकास अपरिहार्य’
धनगढी । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले देश विकास र उन्नतशील समाज निर्माणका लागि शिक्षा क्षेत्रको विकास अपरिहार्य भएको बताउनुभएको छ ।
कैलालीको गौरीगङ्गा नगरपालिकास्थित चौमाल बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै सभापति देउवाले शिक्षा क्षेत्रको विकासमा लगानी बढाउनु राम्रो भएको बताउनुभयो ।
सभापति देउवाले शिक्षा क्षेत्रको समग्र विकासका लागि आफूले सम्पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
सरकारको करिब ३ करोड लगानीमा सम्पन्न क्याम्पसको नवनिर्मित भवन तीन तले रहेको छ । आजै सभापति देउवाले प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा मन्दिरमा पुजाअर्चना समेत गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्