तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम सानीभेरी–५ को वडाध्यक्षमा ४ जनाको उम्मेदवारी

रुकुम पश्चिम । आगामी मङ्सिर १६ गते हुने रुकुम पश्चिम सानीभेरी गाउँपालिका–५ को वडाध्यक्ष पदको उपनिर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको छ । आज भएको उम्मेदवारी दर्तामा एक स्वतन्त्रसहित तीन दलले उम्मेदवारी दर्ता गराएका हुन ।

वडा अध्यक्षको पदमा नेकपा माओवादीको तर्फबाट जसिराम बस्नेत, स्वतन्त्र उम्मेदवार वीरबहादुर बस्नेत, नेपाली काँग्रेसको तर्फबाट मोतीराम खत्री र एकिकृत समाजवादीको तर्फबाट हंशराज पुरीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालले जानकारी दिनुभयो । नेपाली काँग्रेसका उम्मेदवारलाई समर्थन गर्ने भन्दै त्यस वडाको उम्मेदवारमा नेकपा एमालेले भने उम्मेदवारी दर्ता गरेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button