तपाईँ सुन्दै हुनुहुन्छः

कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन पोख्रेलको योगदान अतुलनीय मुख्यमन्त्री आचार्य 

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवीप्रसाद पोख्रेलको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

पोख्रेल परिवारको निवास घोराही उपमहानगरपालिका(१५ मा पुगेर आइतबार मुख्यमन्त्री आचार्यले दिवंगत पोख्रेल प्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्नु भएको हो । 

सिङ्गो नेपालको कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन पोख्रेलले खेलेको भूमिका र पुर्‍याउनु भएको योगदानलाई पार्टी पङ्क्तिले सधैँ सम्झिरहने मुख्यमन्त्री आचार्यले श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गर्नु भएको छ । दाङ जिल्लाको मात्र नभएर सिङ्गो देशको कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन उहाँले खेलेको भूमिका सधैँ स्मरणीय रहनेछझउहाँले भन्नू भएको छ-समाज रूपान्तरण र परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका रहेको छ ।झ पार्टी महासचिव शङ्कर पोख्रेलका दाजु पोख्रेलको कार्तिक २३ गते ७४ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button