कञ्चनपुरमा उम्मेदवारी दर्ता हुँदै , नेपाली काङ्ग्रेस ,माओवादी ,रास्वपा, र दुई स्वतन्त्रले उम्मेदवारी दर्ता गराए
कञ्चनपुर । मङ्सिर १६ हुन उपनिर्वाचन का लागि कञ्चनपुर उम्मेदवारी दर्ता कार्य भइरहेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका ६ को वडा अध्यक्षको पदको लागि हुन गइरहेको उपनिर्वाचनका लागि अहिलेसम्म नेपाली काङ्ग्रेसका प्रकाश चन्द, नेकपा माओवादी का नानाराम कोली, राष्ट्रिय स्वतन्त्रताका राम दत्त भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार युवराज चन्द र थानेस्वर लेखकले पनि वडा अध्यक्षको पदको लागि उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।अझै उम्मेदवारी दर्ता कार्य चलिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्