रेडियो नेपालका बाँके संवाददाता गिरी पुरस्कृत
नेपालगन्ज । रेडियो नेपालका बाँके जिल्ला संवाददाता नवीन गिरी पुरस्कृत हुनुभएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले आज आफ्नो ३२ र ३३औँ साधारण सभामा गिरीलाई उत्कृष्ट पत्रकारका रुपमा पुरस्कृत गरेको हो । पत्रकारिताका माध्यमबाट लामो समयदेखि बाँकेको आर्थिक एवम् सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गिरीलाई नेपालगन्ज उद्योग वाणिज्य सङ्घले उत्कृष्ट पत्रकारको रुपमा पुरस्कृत गरेको महासचिव भिम रानाभाटले बताउनुभयो ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षता एवम् नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला एवम् कानुन मन्त्री आदेशकुमार अग्रवालको विशिष्ट आतिथ्यतामा सम्पन्न साधारण सभाको उद्घाटन शत्रमा मन्त्री अग्रवालले गिरीलाई ११ हजार रुपैयाँसहित पुरस्कृत गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्