तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक यातायातमा मापदण्ड विपरीत बढी भाडा असुल्ने २ जना पक्राउ

वीरगञ्ज । दीपावली तथा छठ मनाएर सार्वजनिक यातायात मार्फत काठमाडौँ फर्किने यात्रुसँग मापदण्ड विपरीत बढी भाडा असुल गर्ने २ जनालाई वीरगञ्ज बसपार्कबाट प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्जबाट हेटौँडा–काठमाडौँ चल्ने टाटा सुमो, इलेक्ट्रिक बस तथा लामो रुटमा चल्ने सवारी साधनमा साबिकको भन्दा बढी भाडा असुल्न थालिएको समाचार सार्वजनिक भएपछि प्रहरीले मापदण्ड भन्दा बढी भाडा असुल गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–९ का ६५ वर्षीय अशोक गुप्ता र वडा नम्बर १८ का ४० वर्षीय विजय साहलाई रंगेहात पक्राउ गरेको हो ।

वीरगञ्ज बसपार्कमा यात्रुहरूसँग मापदण्ड विपरीत बढी भाडा लिएको भेटिएपछि दुवै जनालाई बसको काउन्टरबाट नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिनुभयो । पक्राउ परेका विरुद्ध कानुनी कारबाही अगाडी बढाइएको भारतीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button