तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा आठ स्थानमा उपनिर्वाचन

सुर्खेत । कर्णाली प्रदेशका आठ स्थानमा  स्थानमा उप निर्वाचन हुँदैछ । विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार १ गाउँपालिका अध्यक्ष, नगरपालिका उपप्रमुख १, गाउँपालिका उपाध्यक्ष १ र ५ वडाध्यक्ष गरी ८ पदमा उपनिर्वाचन हुन लागेको छ । दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको निधन भएपछि महावुमा उपनिर्वाचन हुन लागेको हो । गुरुङ काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्थ्यो ।

दैलेखकै दुल्लु नगरपालिकाको १३ नम्बर वडामा वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुँदैछ । एमालेबाट वडाध्यक्षमा निर्वाचित विर्खबहादुर शाहीको निधन भएपछि वडाध्यक्ष पद खाली भएको हो । त्यस्तै जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख पदका लागि उपनिर्वाचन हुँदै छ । नेपाली काँग्रेसबाट उपप्रमुखमा निर्वाचित सरिता सिंहको निधन भएपछि नलगाडमा उपनिर्वाचन हुन लागेको हो । जाजरकोटको कुसे गाउँपालिका–७, का वडाध्यक्ष मनबहादुर घर्तीको निधनपछि उक्त पदका लागि निर्वाचन हुन लागेको छ ।

हुम्लाको सर्केगाड गाउँपालिकामा पनि उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । नेकपा माओवादी केन्द्रबाट जितेका चन्द्रसिंह कार्कीको मृत्यु भएपछि पालिका उपाध्यक्षविहीन छ । कालीकोटको तिलागुफा नगरपालिकाको–४, नम्बर वडामा पनि वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको छ । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष परबहादुर शाहीको निधनपछि पद खाली छ ।  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, को वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुँदैछ । 

एमालेका तर्फबाट निर्वाचित नन्दलाल रोकाको मृत्युपछि पद खाली छ । यस्तै रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५, को वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुँदै छ । २०७९ मा काँग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष अलबहादुर खत्रीको निधन भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button