तपाईँ सुन्दै हुनुहुन्छः

परिणाममुखी काम गर्न प्रतिबद्ध छु : मन्त्री पौडेल

दमौली (तनहुँ) ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले परिणाममुखी काम गर्नका लागि आफू प्रतिबद्ध भएर लागिरहेको बताउनुभएको छ । 

नेपाली काँग्रेस शुक्लागण्डकी नगर समितिले आज यहाँ आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले आफूले सय दिनसम्म मन्त्रालयबारे बुझ्न लागेको र अब परिणाममुखी काम गर्ने गरी खटिरहेको बताउनुभयो । मन्त्री पौडेलले भन्नुभयो, “आधारभूत विषयलाई समेटेर योजना बनाएका छौँ, अब त्यसलाई सूक्ष्म ढङ्गबाट कार्यान्वयन गर्नेतर्फ अगाडि बढेका छौँ  ।”  एकै पटक अनुभूति हुने गरी परिणाम ल्याउन गाह्रो रहे पनि जनताको हितमा हुने गरी सरकारले काम गर्ने उहाँको भनाइ थियो । 

अर्को प्रसङ्गमा मन्त्री पौडेलले पुराना पार्टीलाई गाली गरेर नयाँ हुन नसकिने जिकिर गर्नुभयो । उहाँले नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने स्रोत तथा व्यवहार बीचमा तालमेल नमिल्दा समस्या भइरहेको धारणा राख्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button