तपाईँ सुन्दै हुनुहुन्छः

झापामा डेंगु सक्रमितको सङ्ख्या उच्च

झापा । झापामा पछिल्लो तीन महिनामा डेंगु सक्रमितको सङ्ख्या उच्च भएको पाइएको छ । गत भदौ महिनाबाट झापामा डेंगुको संक्रमण दर ह्वात्तै बढेको पाइएको हो ।

स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चुण्डामणी लुइँटेलका अनुसार भदौ महिनामा एक सय ४३ जनामा डेंगु संक्रमण भएको थियो भने असोज महिनामा एक सय ८४ र कात्तिक २३ गतेसम्मको तथ्याङ्कमा एक सय ७४ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

यस वर्ष झापामा डेंगु संक्रमण दरमा केही कमी आए पनि सर्तक हुनुपर्ने स्वास्थ्य कार्यालयले जनाइएको छ । स्वास्थ्य कार्यालय झापाले गत वैशाख महिनादेखि नै विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको र अझै जोखिम कायम रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लुइँटेलले जानकारी दिनुभयो ।

यस पटक भदौ महिनामा अत्यधिक गर्मी हुनुले पनि डेंगु संक्रमण फैल्याउने लामखुट्टेले लार्भा बनाउन नपाउँदा केही हदसम्म संक्रमण दर कम भएको जनाइएको छ । झापामा अझै पनि जोखिम कायम रहेकाले सर्तक बन्नुपर्ने चिकित्सकहरूको भनाई छ । नेपालीहरू चाडपर्व तिहार र छठ पर्वमा प्रयोग गरिने केराको दाम्चा र दियो बाल्न प्रयोग गरिएका पालामा जोखिम कायम रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लुइँटेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button