तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा मापदण्डविपरीतका संरचना भत्काइँदै

चितवन I भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारमा अतिक्रमित संरचना भत्काउन सुरु गरेपछि घरधनी आफैँले भत्काउन थालेका छन् ।

महानगरले पुङ्गी खोलाको विकास र सौन्दर्यीकरण गर्ने कार्यक्रम अघि सारेसँगै नियमविपरीत निर्मित  संरचना घरधनीले आफैँ भत्काउन थालेका हुन् ।

गत असोज २ गते महानगरपालिकाले केही संरचनामा डोजर चलाएको थियो । भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट अतिक्रमण गरी बनाइएका संरचना घरधनी आफैँले भत्काउन थालेको बताउनुहुन्छ । पुङ्गी खोलाको बाइपास सडकदेखि लाइन्सचोकसम्म अतिक्रमण गरी बनाइएका संरचना घरधनीले आफैँले भत्काइरहेका छन् । 

पुङ्गी खोला विकास तथा सौन्दर्यीकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट रु छ करोड ६५ लाख बजेट विनियोजन भएको छ । 

बाइपास सडकदेखि नारायणी नदीसम्म पुङ्गी खोला ६ दशमलव ५ किलोमिटरमध्ये बाइपासबाट लायन्सचोकसम्म तीन किलोमिटर र  त्यहाँबाट नारायणी नदीसम्म सौन्दर्यीकरणको काम गत वर्षदेखि जारी छ । नगरलाई सुन्दर बनाउन खोला किनारका मुख्य बजारमा उद्यान, कसरत गर्ने स्थल, पैदल मार्गलगायत संरचना निर्माण हुने छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button