मिनि खप्तडमा आन्तरिक पर्यटकको घुइँचो
डोटी । तिहार सकिएसँगै डोटीको मिनी खप्तडमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।
जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ अवस्थित मिनि खप्तडको उपमा पाएको बगलेक क्षेत्रमा तिहारमा देउसी भैलो खेलेर वनभोज खाने आन्तरिक पर्यटकको लर्को लाग्न थालेको स्थानीयले बताएका छन् ।
दिनप्रतिदिन विभिन्न क्षेत्रबाट वनभोजसँगै नाचगान गरेर रमाइलो गर्ने पर्यटकहरू आउने गरेको स्थानीय सवारी चालक कृष्ण बहादुर ओलीले बताउनुभयो । उहाँले भन्नुभयो,“पर्यटकले आजभोलि बगलेक बजारमा चहलपहल बढेको छ । ”
साथै मिनि खप्तडमा वनभोज खान आउने पर्यटक भित्रिएसँगै व्यापार व्यवसायमा अलिकति भएपनि वृद्धि भएको स्थानीय व्यापारीको भनाइ छ ।
पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भएपनि उक्त क्षेत्रमा फोहोर मैला व्यवस्थापनमा समस्या देखिएको स्थानीय बुद्धिजीवीहरूले बताएका छ ।
प्रतिक्रिया राख्नुहोस्