तपाईँ सुन्दै हुनुहुन्छः

फेवाफाँटमा गवारो किराको प्रकोपबाट जुठोबुढो धान नष्ट

पोखरा । पोखरामा मुख्य रुपमा उत्पादन हुने जेठोबुढो धानको पकेट क्षेत्र मानिएको फेवाफाँटमा यसपाली गवारो जातको किराको प्रकोपले गर्दा पाक्न लागेको धानमा ठुलो क्षति पुगेको छ ।

पोखराको ब्राण्ड नै बनेको जुठोबुढो धान पाक्ने वेलामा एकाएक गवारो जातको प्रकोपले गर्दा आफूहरूको १ हजार भन्दा बढी रोपनीमा लगाइएको धान नष्ट किसानहरूको गुनासो छ ।

केही वर्षअघि सामान्य फाट्य फुट्य गवारो जातको किराको समस्या भए पनि हाल एकै पटक १ हजार भन्दा बढी क्षेत्रफलमा लगाएको किसानको धान नष्ट भएको किसानहरूको दुखेसो छ ।

पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले जुठोबुढो हुने पटक क्षेत्र फेवाफाँटमा यस वर्ष गवारो जातको रोगको प्रकोप फैलिदा ठुलो मात्रामा क्षति भएको बताउनुभयो । स्थानीय किसानलाई राहत स्वरूप अब कृषि ज्ञान केन्द्र, कृषि अनुसन्धान केन्द्र, पोखरा महानगपालिका लगायतले केही न केही सहयोग गर्नुपर्ने अवस्था देखिएको उहाँले जनाउनुभयो ।

पोखरा महानगरपालिकाले पोखरा क्षेत्रमा उत्पादन हुने स्थानीय रैथाने धान बाली जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग खरिद गर्ने गरी सम्झौता गरेको छ । यहाँ उत्पादन भएको जेठोबुढो धान बिक्रीको लागि अब कुनै समस्या नहुने भएको हो । पोखराको ब्राण्ड नै बनेको जेठोबुढो धान महानगरपालिकाले तोकेको समर्थन मूल्यका आधारमा प्रतिक्विन्टल ९ हजार ५ सय र नेपाल खाद्य संस्थानले भने रु.१० हजार प्रतिक्विन्टलमा खरिद गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button