टाटा सुमो दुर्घटना हुँदा एक बालकको मृत्यु, ८ जना घाइते
बारा । बाराको नितनपुरमा टाटा सुमो दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको ना१ज ४४२८ नम्बरको टाटा सुमो जीतपुरसिमरा उपमहानगरपालिका–१० नितनपुरमा अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
सुमोमा रहेका भारत बिहार मोतिहारी थाना सुगौली रक्सौलका नवीन कुमार साहका चार वर्षीय छोरा अनमोल कुमार साहको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।
बालकको वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका आठ जनाको बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्