मुगुका महिलाहरूमा परम्परागत पहिरनप्रति आकर्षण
मुगु । मुगुका महिलाहरूमा परम्परागत पहिरनप्रति चासो बढ्दै गएको छ। देउसी–भैलो, चाडपर्व, विवाह तथा विभिन्न धार्मिक र सांस्कृतिक कार्यमा महिलाहरूले ठेटुवाबाट बनेका धोती, चोलाजस्ता परम्परागत पहिरन लगाउन थालेका हुन्।
पछिल्लो समयमा परम्परागत पहिरन हराउँदै गएको अवस्थामा पनि नयाँ पुस्तामा यो पहिरनप्रति रुचि देखिएको हो। विशेषतः स्थानीय पुनी पैठ, पूजाआजा र सामुदायिक समारोहहरूमा महिलाहरू परम्परागत गरगहना जस्ता पहिरनमा सजिन थालेका छन्।
आधुनिकतासँगै विभिन्न मुलुकको संस्कृतिको प्रभावमा परेर परम्परागत मौलिक संस्कृतिको ह्रास हुँदै गहेको अवस्थामा कर्णालीका साबिकका जिल्लाहरू मुगु लगायत डोल्पा, कालिकोट, हुम्ला र जुम्लामासमेत महिलाहरूमा परम्परागत पहिरन प्रति आकर्षण बढ्दै गएको पाइएको हो ।
यस पहिरनप्रतिको आकर्षणले समुदायमा सांस्कृतिक जागरूकता बढाउन सहयोग पुर्याइरहेको छ। मुगुका महिलाहरूले परम्परागत पहिरनको पुनरुत्थान गर्दै आफ्नो संस्कृतिको पहिचानलाई जगेर्ना गर्ने प्रयास गरेका छन्।
प्रतिक्रिया राख्नुहोस्