गढीमाई मेला सञ्चालनका लागि ९ उपसमिति गठन
बारा । महागढीमाई नगरपालिका–१ स्थित रहेको गढीमाई मेलाको उपसमिति गठन गरेको छ ।
मेला सञ्चालन तथा व्यवस्थापन मुल समितिका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा गढीमाई मन्दिर परिसरमा बसेको बैठकले उपसमिति चयन गर्नुभएको छ । मङ्सिर महिनाको १ गतेदेखि १ महिनासम्म लाग्ने मेलामा करोडौँ भक्तजनहरू मेला भर्न आउने गर्दछ । बलि २३ गते हुने समितिले जनाएको छ ।
प्रचारप्रसार व्यवस्थापन समितिको संयोजकमा नेपाल पत्रकार महासङ्घ बाराका अध्यक्ष रेशम तिवारी, जग्गा व्यवस्थापनको संयोजकमा जतिकर हुसेन चुरियार, खानेपानी व्यवस्थापनको संयोजकमा विश्वनाथ कुशवाहा, मनोरञ्जन व्यवस्थापनमा गजेन्द्र जैसवार, टेन्ट व्यवस्थापनमा चन्दन कुमार साह उपसमितिको संयोजकमा चयन हुनुभएको मेला अध्यक्ष यादवले जानकारी दिनुभयो ।
त्यसैगरी विद्युत् व्यवस्थापनमा प्रभु साह, पार्किङ व्यवस्थापनमा उपेन्द्र प्रसाद जयसवाल, बलि व्यवस्थापनमा प्रेम प्रसाद साह र विपत व्यवस्थापनमा उपसमितिमा रामजन्म प्रसाद यादवलाई बैठकबाट उपसमितिको संयोजक तोकेको मेला समितिका प्रवक्ता अञ्जली गुप्ताले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्