बाजुरामा बडिमालिका इमर्जिङ कप: फाइनलमा आयोजक र बाह्रबिस क्रिकेट क्लब भिड्दै
बाजुरा । बाजुरामा सञ्चालन भइरहेको बडीमालिका बाजुरा इमर्जिङ कप २०८१ को फाइनलमा आयोजक बाजुरा क्रिकेट क्लब र बाह्रबिस क्रिकेट क्लब भिड्ने भएका छन् । सहभागी ६ वटा टिमको अङ्क तालिकामा शिर्ष स्थानमा रहेका दुई टिम फाइनल पुगेका हुन् ।
नेपाल प्रहरीलाई ४३ रनले पराजित गर्दै आयोजक फाइनल पुगेको हो । भने बाह्रबिस क्रिकेट क्लबले आफ्नो अपराजित यात्रालाई कायम गर्दै समूह चरणकै खेलमा फाइनलको स्थान पक्का गरेको थियो ।
नेपाल प्रहरीको ४३ रनको हारसँगै फाइनल खेल्ने यात्रा रोकिएको छ । टस जितेर पहिलो फिल्डीङ्ग रोजेको नेपाल प्रहरीलाई आयोजकले १ सय ४० रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटीङ्ग गरेको प्रहरीले १० ओभरमा ५ विकेटको क्षतिमा ९७ रनमा समेटियो । जीतका लागि आयोजकका नवीन थापाले ५९ रनको योगदान गर्नुभएको थियो ।
खेलमा नेपाल प्रहरी विरुद्ध महेश बानियाले व्यक्तिगत ३ विकेट लिनुभएको थियो । प्रमुख दाबेदार मानिएको नेपाल प्रहरी टोली समेत बाहिरिएपछि अब फाइनल खेल आयोजक र बाह्रबिस क्रिकेट क्लबबिच हुने भएको छ । फाइनल पुगेको बाह्रबिस क्रिकेट क्लब अपराजित यात्रामा छ । भने आयोजकले १ खेलमा हार बेहोरेको थियो ।
मालिका माविको खेल मैदानमा जारी खेलको फाइनल आज बिहान ८ बजे हुने आयोजकले जनाएको छ । बाजुरा क्रिकेट क्लबले हरेक वर्ष खेल आयोजना गर्दै आएको छ । विजेताले ७१ हजार १ सय ७१ रुपैयाँ र ट्रफि पाउने छ । भने उपविजेताले २१ हजार १ सय २१ रुपैयाँ पाउने भएको छ ।
प्रतिक्रिया राख्नुहोस्