तपाईँ सुन्दै हुनुहुन्छः

साफ महिला च्याम्पियनसिप : मध्यान्तरसम्म नेपाल र बङ्गलादेशबीच गोलरहित बराबरी 

साफ महिला च्याम्पियनसिप काठमाडौँ ,१४ कात्तिक : काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा प्रतिस्पर्धा गर्दै नेपाल र बंगलादेशका खेलाडी। तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ । साफ महिला  च्याम्पियनसिप २०२४ फुटबल प्रतियोगिताको फाइनल खेलको मध्यान्तरसम्म नेपाल बङ्गलादेशसँग गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । नेपालले विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न सकेन ।

खेलको पहिलो हाफको १० मिनेटमा नेपालकी अनुशा कार्कीले गरेको उत्कृष्ट प्रहार गोल पोस्टको माथिल्लो बारमा लागेर बाहिरियो । खेलको २४ औँ मिनेटमा बङ्गलादेशको प्रहार नेपालकी गोल किपर अञ्जली तुम्बापो सुब्बाले उत्कृष्ट बचाऊ गरिन् ।

त्यस्तै खेलको २९औँ मिनेट सावित्रा भण्डारी (साम्बा) ले दिएको सुन्दर पासलाई अमिशा कार्कीले गोल गर्नबाट चुकिन् ।

त्यसपछि खेलको ४१औँ मिनेटमा बङ्गलादेशले कर्नर पायो तर नेपाली खेलाडीले त्यसलाई विफल पारिदिए । उक्त कर्नर फाइनल खेलको पहिलो कर्नर हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button