तपाईँ सुन्दै हुनुहुन्छः

तिहार र छठ बिदामा पनि आयोग खुला रहने

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोग तिहार र छठ पर्वमा खुला रहने भएको छ । 

आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार र छठ बिदामा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

आयोगले आम नागरिकको मानवअधिकारको संरक्षण कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाइएको जनाएको छ ।  

“यस अवधिमा आयोगले मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्नेछ”, प्रेस नोटमा भनिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button