तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा जीप दुर्घटना, चारजना घाइते

 बझाङ । बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । 

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा १८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो । सात जना यात्रु चढेको उक्त जीप तीव्र गतिका कारण सडकमै पल्टिएको हो । दुर्घटनामा घाइते हुनेहरूमा जीप चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय वीर बहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button