राष्ट्रहित विपरीत कुनै किसिमका सम्झौता हुँदैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रहित विपरीत कुनै किसिमका सम्झौता नहुने बताउनुभएको छ ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आज आयोजित सुरक्षा तथा विकासमा भूपू सुरक्षाकर्मीहरूको भूमिका विषयक गोष्ठीलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सत्ताका नाममा राष्ट्रिय हित र रक्षा विपरीत कुनै सम्झौता नहुने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय एकता र देशको हितका लागि कटिबद्ध भएर काम गरिरहेको भन्नुहुँदै आवश्यक परे पूर्व सुरक्षाकर्मीले एकता र अनुशासनका साथ योगदान दिनुपर्ने पनि बताउनुभयो ।
सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा सडकमा निस्कनु लोकतान्त्रिक मान्यतासंगत नभएको बताउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र राष्ट्रिय अनुसन्धान विभागका अवकाशप्राप्त उच्च अधिकारीबाट राष्ट्रिय सुरक्षा र पूर्व सुरक्षाकर्मीको भूमिकाबारे विचार प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्