तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति समक्ष महिला आयोगको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ । 

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गर्नुभयो । 

सो अवसरमा राष्ट्रपति पौडेलले धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशालाग्दो देखिएपनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक छैन भन्नुभयो । “तर, जनजीवनका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्ने देखिएको छ, आगामी दिनमा त्यसमा आयोगले अझ सशक्त र प्रभावकारी रुपमा काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button