तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रीद्वारा रेडियो नेपालको निरीक्षण

पोखरा । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्र लाल बस्यालले आगामी दिनमा रेडियो नेपालसँग सहकार्य गर्दै जाने बताउनुभएको छ ।

मन्त्री बस्यालले आज रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराको निरीक्षणका क्रममा यस्तो बताउनुभएको हो ।

त्यस अवसरमा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराका प्रमुख सुरेन्द्र प्रसाद यादवले मन्त्री बस्याललाई स्वागत गर्नुहुँदै रेडियो नेपालबाट प्रसारण हुने विभिन्न कार्यक्रम र गतिविधि बारेमा जानकारी गराउनुभएको थियो ।

उक्त अवसरमा उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमान सिंह गुरुङ तथा मन्त्रालयका अन्य पदाधिकारीहरू उपस्थिति हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button