तपाईँ सुन्दै हुनुहुन्छः

‘पत्रकारिता जगतका समस्या समाधानका लागि प्रदेश सरकार क्रियाशील’

जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले मधेश प्रदेशका पत्रकारिता जगतको समस्या समाधानका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । 

मन्त्रालयद्वारा प्रदेश सञ्चार ऐन तथा नियमावलीका विषयमा महोत्तरीको बर्दिबासमा आयोजित पत्रकारहरू संगको अन्तरक्रियामा उहाँले मौजुदा ऐन तथा नियमावलीमा संशोधन गर्नेबारे छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

सञ्चारमन्त्री लेखीले मधेश प्रदेशका सबै पत्रकारहरूको १ लाखको स्वास्थ्य बिमा तथा ७ लाखको दुर्घटना बिमा गर्न तथ्याङ्क सङ्कलन गरिएको र पत्रपत्रिका, एम तथा टेलिभिजनलाई थोरै भए पनि लोककल्याणकारी विज्ञापन दिइएको जानकारी दिनुभयो । 

मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्य शिला मिश्रले सञ्चारमैत्री कानून बनाउनकै लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

कार्यक्रममा मधेश प्रदेशमा आम सञ्चार प्राधिकरणले गरेको कामका विषयमा प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, सञ्चार उद्यमी विष्णु कुँवरले सञ्चार क्षेत्रले भोग्नुपरेका समस्याका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button