तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिले दैवी प्रकोप राहत कोषमा एक महिनाको तलब प्रदान गर्नुहुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हालै आएको बाढी पहिरोबाट पीडितहरूको राहतको लागि स्थापना भएको केन्द्रीय दैवी प्रकोप राहत कोषमा आफ्नो एक महिनाको तलब प्रदान गर्नुहुने भएको छ ।

यसैगरी उहाँका विज्ञ सल्लाहकारहरूले एक हप्ताको तलब प्रदान गर्नुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button