टी–२० आई त्रिकोणात्मक शृङ्खला : नेपाल र क्यानडाबिच प्रतिस्पर्धा हुँदै
काठमाडौँ । टी–२० आई त्रिकोणात्मक शृङ्खला अन्तर्गत आफ्नो दोस्रो खेलमा मङ्गलवार नेपाल र क्यानडाबिच प्रतिस्पर्धा हुने भएको छ ।
क्यानडाको किंग सिटीमा खेलाइने खेल आज राति ९ः४५ बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा नेपाललाई १४ रनले हराएको घरेलु टोली नेपालमाथि लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।
ओमानलाई ३७ रनले हराएको नेपाल सिरिजमा दोस्रो जित निकाल्ने दाउमा छ । उता सिरिजको तेस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको क्यानडा नेपालमाथि जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लने दाउमा छ ।
त्रिकोणात्मक सिरिजमा समान २ खेल खेलेको नेपाल एक खेलमा जित र एक खेलमा हार व्यहोर्दै २ अङ्क छ ।







प्रतिक्रिया राख्नुहोस्