तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुख समक्ष अख्तियारको प्रतिवेदन पेश

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालयको वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रदेश प्रमुखको कार्यालय धनगढीमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालयका प्रमुख माधव प्रसाद पोखरेलले आर्थिक बर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

अख्तियारको प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख मियाँले संवैधानिक व्यवस्था बमोजिम आयोगको प्रतिवेदन कार्यान्वयनका लागि अघि बढाइने बताउनुभयो ।

प्रदेश प्रमुख समक्ष पेश गरिएको ६ परिच्छेद र ५ सय २४ पृष्ठ रहेको उक्त प्रतिवेदन अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालयमा २६ हजार ९ सय १८ उजुरी परेको तथा गत वर्षको जिम्मेवारी सरेर आएको ९ हजार २ सय ६८ उजुरी रहेका छन् । आयोगमा परेका उजुरीमध्ये ७६ दशमलव ५९ प्रतिशत उजुरी फर्छ्यौट भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्ता उजुरीमा शिक्षा, स्वास्थ्य, गैर(कानुनी सम्पत्ति आर्जन, भूमि प्रशासन, वन तथा वातावरण लगायत सम्बन्धी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button