उदयपुरको बेलका नगरपालिकाका २ हजार घरपरिवार जोखिममा
उदयपुर । अविरलको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदी उदयपुरको बेलाका नगरपालिका क्षेत्रतर्फ पस्दा बेलाका नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९, सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ८ का झन्डै २ हजार घर परिवार उच्च जोखिममा परेका छन् ।
उदयपुरको बेलका नगरपालिकाको वडा नं. १, २, ३, ८ र ९ तेसै गरी बराहक्षेत्र नगरपालिकाको वडा नं. ६ सहित स्थानीय सोमबारे, डुम्रीबोटे, मसान घाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलङ्का टापु, रामनगर र सप्तरी जिल्लाका समेत गरी अन्दाजी २ हजार घर परिवार र उक्त क्षेत्रमा रहेका विद्यालय, विभिन्न सरकारी कार्यालय सप्तकोशी नदीमा आएको बाढीको उच्च जोखिममा परेपछि स्थानीय सरकार रोकथामको उपाय खोजिरहेको छन् ।
उदयपुरको बेलाका नगरपालिका र सुनसरीको बराह क्षेत्र नगरपालिकाका स्थानीयबासी वर्षौंदेखि सप्तकोशी नदीको समस्यासँग जुध्दै आएका छन् ।
सप्तकोशी नदीमा पछिल्लो समय ५ लाख ५७ हजार ३० क्युसेक पानी मापन गरिएको उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिनु भयो । उहाँले नदीले जलसतह पार गरेको भन्दै नदी आसपास उदयपुरको बेलाका नगरपालिका, सप्तरीको सप्तकोशी नगरपालिका र कन्चनरुप नगरपालिका, सुनसरीको बराह क्षेत्रका केही भूभागका स्थानीय उच्च जोखिममा परेको भन्दै सावधानी अपनाउन आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी घिमिरेले सुरक्षा निकायका तीनै संयन्त्रलाई डुबान क्षेत्रमा परिचालन गरिएको जानकारी दिनुभयो ।
सप्तकोशी नदीमा बहाव बढेर बाढी आउँदा स्थानीयलाई डुबाउला कि भन्ने चिन्ता ले सताएको छ भने बाढी घट्दा जमिन कटान गरेर झन् छिटो नदी गाउँ पस्ला कि भन्ने त्रासले सताएको छ ।
प्रतिक्रिया राख्नुहोस्