तपाईँ सुन्दै हुनुहुन्छः

‘सञ्चार माध्यमको संरक्षण र विकासका लागि सरकारले उपयुक्त निकास निकाल्छ’

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार माध्यमको संरक्षण, विकास र सबलीकरणका लागि प्रदेश सरकारले उपयुक्त नीतिगत निकास निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सञ्चार क्षेत्रमा देखिएका समस्या समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले सञ्चार माध्यमलाई सशक्त बनाउन सरकारले नीतिगत सुधार गर्ने बताउनुभयो ।

यमबहादुर गाहा नेतृत्वको कार्यदलले प्रदेश सरकारले मिडिया क्षेत्रमा विनियोजन गरेको बजेटको अध्ययन गर्दै प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदनमा सञ्चार माध्यमलाई बलियो बनाउन बजेट वितरण प्रणालीलाई एक द्वार बनाउने, विज्ञापन नीतिमा सुधार गर्नेजस्ता सुझाव राखिएका छन्।

प्रतिवेदन बुझाउने क्रममा गाहासहित कार्यदलका सदस्यहरूले सञ्चारको बजेटलाई समानुपातिक ढंगले वितरण गर्ने र लोक कल्याणकारी विज्ञापनको बजेट बढाउन आग्रह गर्नुभएको थियो। पत्रकार तथा विज्ञहरूले विज्ञापन नीतिमा सुधार नगरेसम्म सञ्चार माध्यम सशक्त बन्न नसक्ने धारणा राख्नुभएको थियो ।

मुख्यमन्त्री आचार्यले प्रतिवेदनमा समेटिएका सुझावहरूलाई सरकारको नीति निर्माणमा समेट्ने प्रतिबद्धता जनाउनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button